लुम्बिनी

विस्कुट फेक्ट्रीमा आगोलागी, लाखौको सामान डढेर नष्ट

भैरहवा । रुपन्देहीमा नेविको विस्कुट फेक्ट्रीमा आगो लाग्दा लाखौको समान क्षति भएको छ । आइतबार बिहान करीब साडे सात बजे लागेको सो आगोलागी मेसीनमा इलेक्ट्रीक सर्ट भएको कारणले भएको मजदुरहरुले प्रहरीलाई बताएको इलाका प्रहरी कार्यालय बेलहीयाले जनाएको छ ।

मजदुरहरुले नियमीत प्रयोग गर्दै आएको मेसीन चलाउदा आगोलागी भएको प्रहरी निरिक्षक इश्वरी अधिकारीले बताएका छन् । तिलोतमा नगरपालिका र सिदार्थ नगरपालिकाको दमकल, इलाका पहरी र स्थानिय बासीको प्रयासमा करीब साडे एक घण्टामा आगो नियन्त्रणमा आएको थियो । आगोलागीमा कुनै मानविय क्षति भने नभएको बताइएको छ ।

आगोलागीबाट लाखौको मेसीनमा क्षति पुगेको अनुमान गरीएको छ, उधोगमा मजदुर मात्र रहेकोले के कति क्षति भएको भन्ने निश्चित विवरण आउन बांकि रहेको छ । उधोगका मेनेनर आएपछि मात्र क्षतिको स्पष्ट विवरण आउने प्रहरीले जनाएको छ ।