सामाजिक सञ्जाल

एयरपोर्टमा प्रचण्ड, बादल र बाबुराम ३ घण्टाभन्दा बढी थुनिएपछि यस्तो आयो बाबुरामको प्रतिकृया

काठमाडौं । पुर्ब प्रधानन्त्री डा बाबुराम भट्टराई, नेकपा अध्यक्ष पुष्पकमल दहाल, गृहमन्त्री रामबहादुर थापा लगायतका बिशिष्ट ब्यक्तीत्वहरु त्रिभूवन बिमानस्थलमा ३ घण्टादेखी फ्लाईट डिले भएर बसिरहनुपर्दा डा भट्टराईले अनुभवलाई फेकबुकमा लेखेका छन् । रेल, पानीजहाजको ठुला कुरा गर्ने नेकपाकै अर्का अध्यक्ष प्रधानमन्त्री हुँदा अध्यक्ष दहाल त्यही सरकारका गृहमन्त्री भने बिमान पर्खेर ३ घण्टादेखी पर्खिरहँदा मुलुक हाँक्नेसँग बिश्वास गर्ने ठाउँ देखिन्न भन्ने स्पष्ट देखिन्छ ।

सामाजिक संजालमा राखेको तस्विरले नै देखाउँछ कि मुलुकको विकास गर्ने सम्भावना कुनैपनि सरकारसँग छैन, बा भट्टराईले पनि उक्त संकेत गरेका छन् । उनले चित्तबुझाउने बाहेक केही गर्न नसकिने बताईसकेका छन् ।

बाँकी उनकै शब्दमाः ७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन! एयरपोर्टमा घण्टौं कुर्दाको फायदा चाहिं सबै पार्टीमा छरिएका साथीहरूसंग भेटघाट र गफगाफ गर्न पाइने! नकारभित्र सकार भनेको शायद यही हो! अथवा चित्त बुझाउने मेसो !