राजनीति

प्रदीप आक्रमक: प्रचण्डलाई पनि थाहा नहुँने सरकारले धेरै नै काम गरेको बताउनु ओली हाँस्यास्पद

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संबोधनमा फुलबुट्टा भरेको अर्का अध्यक्ष पुष्पकमल दहाललाई नै थाहा नभएको बताएका छन् । उनले नेकपा अध्यक्ष देशभर घुम्दा सरकारका कारण जनतामा निरासा भएको बताईरहेका बेला प्रधानमन्त्रीले सरकारले धेरै नै काम गरेको बताउनु हाँस्यास्पद भएको ब्यंग्य गरेका छन् ।

नेविसंघका पुर्व अध्यक्ष समेत रहेका पौडेलले प्रचण्डलाई समेत थाहा नहुने देशको विकास कस्तो गर्नुभयो भन्ने प्रश्न समेत तेस्र्याउन खोजेको देखिन्छ ।

उनले भनेका छन्, .प्रधानमन्त्रीले संसदको सम्बोधनमा प्रगतिको फुलबुट्टे फेहरिस्त नै प्रस्तुत गर्नुभयो। भर्खरै नेकपाका अर्का अध्यक्ष प्रचण्डले चाहिँ देशैभरी घुम्दा जनतामा चरम निराशा देखिएको अन्तर्वार्ता दिनुभएको थियो।यत्रो बिशाल प्रगतिको महशुस कम्तिमा प्रचण्डलाई त हुनुपर्ने थियो नी प्रधानमन्त्री ज्यु !’