बाग्मती

श्रीराम श्रेष्ठको निधनको १३ औं पुण्य तिथीमा एक दर्जन नेताको श्रद्धान्जली

काठमाडौँ । प्रजातन्त्रका सेनानी पूर्व राष्ट्रिय सभा सदस्य श्रीराम श्रेष्ठको निधन भएको १३ औँ दिनको पुष्यतिथिमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ६ काठमाडौँले एक श्रद्धान्जली सभाको आयोजना गरेको छ ।

श्रद्धान्जली सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै देशको प्रजातान्त्रिक आन्दोलनमा पूर्व सभासद श्रीराम श्रेष्ठले पु¥याउनु भएको योगदान अद्वितीय थियो भन्दै श्रद्धान्जली अर्पण गरे ।
श्रद्धान्जली सभामा पूर्व प्रधानन्यायधिश कल्याण श्रेष्ठले श्रीराम श्रेष्ठप्रति श्रद्धान्जली व्यक्त गर्दै विगत ४० वर्षदेखि श्रीराम श्रेष्ठसँग निकट रहेकाले उहाँले प्रजातन्त्रका लागि पु¥याउनु भएको योगदान विशिष्ठ थियो भने ।

क्षेत्रीय सभापति श्यामकृष्ण खड्गीको सभापतित्वमा सम्पन्न श्रद्धान्जली सभामा नेका पूर्व सभामुख तारानाथ रानाभाट, सहमहामन्त्री डा. प्रकाशशरण महत, पूर्वमन्त्री ओमकार श्रेष्ठ, माननीय भीमसेनदास प्रधान, ने.का. केन्द्रीय सदस्य ध्यानगोविन्द रन्जित, कांग्रेस नेता लोकेश ढकाल, प्राध्यापक कपिल श्रेष्ठ, कामनपा उपमेयर हरिप्रभा खड्गी, ने.का. २८ नं. वडा इकाइका कार्यवहाक सभापति होम खड्गीले सभामा बोल्दै श्रेष्ठको प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

सभामा श्रीराम श्रेष्ठको भतिजी डा. नविना श्रेष्ठले केशवलाल–श्रीराम श्रेष्ठ अक्षयकोष घोषणा गर्दै त्यस संस्थामार्फत प्रजातन्त्र र शान्तिका क्षेत्रमा काम गर्ने कुरा बताए ।