मनोरञ्जन

सत्यराजको नयाँ गीत ‘सारा फुल’ आयो बजारमा (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक सत्यराज आचार्यको नयाँ गीत ‘सारा फुल’  सार्वजनिक भएको छ । गीतमा स्वर सत्यराज आचार्यको रहेको छ भने, लय डा. प्रदिपकुमार मैनाली, संगीत किरण श्रेष्ठको रहेको छ । 

‘सारा फुल’ लाई निर्देशन लक्ष्मी बर्देवा र जिवन भट्टराईले गरेका छन् । भिडियोमा लक्ष्मी बर्देवा र पदम लोहारले अभिनय गरेका छन् ।  यस गीतमा उनले आफ्नो मायालाई फुलको सुन्दरतासंग दाँज्ने प्रयास गरेका छन् । 

 भजनशिरोमणी भक्तराज आचायका सुपुत्र समेत रहेका सत्यराज आचार्यले गाएका धेरै गीतहरु हिट भईसकेका छन् । गायक आचार्यद्वारा गाईएको ‘सारा फुल’ गीतपनि युट्युवमा सार्बजनिक हुने बित्तिकै धेरै गीतसंगीतप्रेमीबाट हेरिएको देखिएकाले हिटठ हुने अनुमान लगाउन सकिन्छ । उनका परिवार गीत संगितबाट नजिक रहेका छन् । सत्यराज आचार्यले दर्जनौ गीतमा आफनो स्वर दिएका छन् ।

बाबु भक्तराज आचार्यपछि सत्यराजमात्र नभएर उनका भाई स्वरुपराज आचार्यपनि गायन क्षेत्रमा कसैले चिनाईरहनुपर्ने नाम होईन । सारा फुल झर्दा तिमी नै पो देखें भन्ने गीत सुरुदेखी अन्त्यसम्म नै सुनु सुनु लाग्ने भएको स्रोता/दर्शकहरुको फेसबुकमा कमेन्ट आईरहेको छ । त्यसपछि ‘काँडाले चिथोर्दा तिमी नै पो देखें’ भन्ने लभ स्टोरी गीतको भीडियोमा सिनहरुपनि राम्रो देखिन्छ ।