राजनीति

सरकार कुनै पनि प्रकरणमा कसैमाथि आग्रही पुर्वाग्राही छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलिले आज (शनिबार) संविधानसभालाई सम्बोधन गर्ने क्रममा बालुवाटारको ललिता निवास सरकारी जग्गा व्यक्तिको नाममा गएको विषयमा आफु कसैमाथि आग्रह पुर्वआग्रहमा नराखेको बताएका छन् ।

ललिता निवासको जग्गा घोटालाको आफैले छानविन समिति बनाएको तर प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भन्ने खालले प्रचार प्रसारले मन दुखेको उनले बताए । उनले बालुवाटारको १३६ रोपनि जग्गाको विषयमा गठित छानविन समितिले काम गरुन्जेको समयका केही मानिसले धैरेता गुमाएर सरकारलाई विभिन्न किसिमको आरोप प्रत्यारोप गरी उत्तेजित हने खालका प्रश्नहरु गरीरहेको र सरकारले गरेको काममा शंकाको दृष्टिले हेरीएको बताउदै अहिले आरोप लागेकाहरु विरुद्ध मुद्धा दायर भइसकेको र छनविन कार्य भइरहेकाले नेपालको न्याय पद्धतिमा भरोसा राख्नुपर्ने बताएका छन्

उनले भने सरकार कसैमाथि आग्रह र पुर्वाग्रह नरहेको र आग्रह र पुर्वाग्रह बेगर चर्चामा ल्याइएका सुन काण्ड, वाइडवडी काण्ड, जस्ता सवै प्रकरणको निष्पक्ष छनविन हुन्छ र दाषीलाई नेपालको कानुन बमोजिम कार्बाही हुन्छ ।