राजनीति

सांसद किरातीको आक्रोसः प्रधानमन्त्रीका प्रेससल्लाहकार थापालाई तत्काल पद बर्खास्त गरि कारबाही होस् !

काठमाडौं । प्रधानमन्त्री केपिशर्मा आलीका प्रेस सल्लाहकार सुर्य थापालाई पदबाट बर्खास्त गर्न नेकपाका केन्द्रिय सदस्य तथा भाजपरका प्रतिनिधि सभा सदस्य सांसद सुदन किरातीले माग गरेका छन् ।

जनयुद्ध दिवस अथात फागुन १ गते जनयुद्धमा सहिद भएकाको सम्झनामा गरिएको कार्यक्रको बारेका एक टेलिभिजन संग कुराकानि गदै सल्लाहकार थापाले जनयुद्धका घाइतेहरुको घाउमा मलम लगाउन रजनयुद्धको गुनगान गाउन पार्टी एकता भएका होइन भन्ने अभिव्क्ति दिएका थिए ।

जसको प्रतिक्रियामा शनिबार भएको एम कमर्यक्रममा किरातीकाले जनयुलाई स्विकार गर्न नसक्ने भए पार्टि एकता गरी प्रधानमन्त्री बन्नकै लागी मात्र भएको हो र ? भन्ने प्रन गरेका छन् । जनतालाई एकताको भ्रम फैलाएर पधानमन्त्रीको कुर्सीमा बस्ने र जनयुद्धले ल्याएको गणतन्त्र नेपालकोको बालुवाटारमा बसेर हुकुम गर्न नमिल्ने उनले बताए ।

धानमन्त्रीले सुर्य थापालाई प्रेस सल्लाहकार बनाउनु गल्ति भएको र उनलाई तत्काल पदमुक्त गरी सजाय दिनुपर्ने माग गरेका छन् । जनयुद्धलाई स्विकार नगर्न सुर्य थापा राजा र जनता दास हा र ? त्यसो हो भने पर्टि फुटाएर देखाउन पनि थापालाई चुनैति दिइएको छ । सांसद किरातीले प्रधानमन्त्रीले थापालाई प्रेस सल्लाहकार बनाउनु गल्ति भएको र उनलाई पद बर्खास्त गरी जनतासंग माफि माग्नुपर्ने बताएका छन् ।