स्वास्थ्य

कोरोना, बेईजिङमा कडाईः अन्य क्षेतबाट आउने व्यक्ति १४ दिन क्वारेन्टाईनमा बस्नु पर्ने

काठमाडौं । कोरोना भाईरसले आक्रान्त बनेको चीनले बेईजिङमा कडाई गरेको छ । चीनले मुलुकका अन्य स्थानबाट बेईजिङमा फर्केर आउने नागरिकहरुलाई १४ दिसम्म क्वारेन्टाईनमा बस्नैपर्ने नियम बनाएको छ ।

चीनको बेईजिङ भाईरस प्रिभेन्सन वर्किङ ग्रुपले एक सुचना जारी गर्दै नयाँ वर्ष मनाएर र्फकनेहरुमा भाईरसको संक्रमण हुनसक्ने भएकाले यस्तो नीति अपनाएको जनाएको छ । उसको यो निर्णय संगै अव अन्य क्षेत्रबाट बेईजिङ आउने जोकोहि पनि १४ दिनसम्म क्वारेन्टाईनमा बस्नुपर्ने छ ।

सबैभन्दा ठुलो आवादी क्षेत्रमध्य एक बेइजिङमा कोरोना भाईरस नफैलिओस भन्नका लागि यस्तो सर्तकर्ता अपनाईएको छ । चीनमा नयाँ वर्षमा घुमफिर गर्ने चलन रहेकाले पनि अर्काे स्थानमा गएकाहरुमा भाईरस सर्ने डर भएकाले यस्तो उपाए अपनाईएको बताईएको छ ।

साथै कोरोना भाईरसको अत्यन्तै बिबिगी भएपछि चीन सरकारले बाहिर घुमफिर नर्गन आग्रह गरेपनि मानिसहरुभने बाहिर घुमफिरमा निस्कीएका छन् । जस्का कारण भाईरस फैलने डर झनै बढेको छ । २० मिलियन भन्दा बढी मानिसको बसोबास रहेको बेइजिङमा घुमफिरमा गएकाबाट संक्रमण सर्ने भएपछि यस्तो सतर्कता अपनाइएको हो ।

यस्तै चिनमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको सङख्या हजार गाघेको छ । आजसम्मका कोरोनाका कारण १ हजार ५ सय २३ पुगेको चिनियाँ नेसनले हेल्थ कमिसनले बताएको छ ।

१सय ४३ को मृत्यु भएपछि ज्यान गुमाउनेको सङख्या बढेको हो । यस्तै संक्रमितको सङख्या ६६ हजार ४ सय ९२ पुगेको छ । चीनसँगै अन्य २४ देशमा ५ सय भन्दा बढी कोरोनाबाट संक्रमित भएको बीबीसीले जनाएको छ ।

चीनबाहिर ३ जनाको ज्यान गएको छ । हङकङ, फिलिपिन्स र जापानमा कोरोना संक्रमितको ज्यान गएको हो ।