राजनीति

आजदेखी ओली सरकारको दुई वर्ष पुराः प्रधानमन्त्रीले केहिबेरमा संसदमा सम्बोधन गर्दै

काठमाडौं । आफ्नो दुईवर्षे कार्यकालमा सरकारले गेरेका कामको जानकारी दिन प्रधानमन्त्री केपी शर्माे ओलीले आज संसद बैठक लाई सम्बोधन गर्दैछन् ।

प्रतिनिधिसभा बैठकलाई ओलीले शुक्रबार (हिजो) सम्बोधन गर्ने भनिएपनि कांग्रेस सांसदको मृत्यु भएपछि कांग्रेसले हिजोको बैठक स्थगीत गर्न माग गरेको थियो ।

जस्का कारण हिजोको बैठक सोक प्रस्ताव पारीत गर्दै ओलीको सम्बोधन आजका लागि सारिएको थियो । केहिबेरपछि बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

वर्तमान ओली नेतृत्वको सरकारले आज दुई वर्ष पुरा गरेको छ । आजको संसद बैठकमा ओली सरकारका काम कारबाहिबारे जानकारी दिनुका साथै समसामयि घटनाक्रमका बारेमा समेत जानकारी गराउने भएका छन् ।

ओली नेतृत्वको सरकार बनेदेखी प्रसंसा भन्दा धेरै आलोचित बनेको छ । वर्तमान सरकारले मुलुकमा भ्रष्टचार, म्रहंगि बढाएको आरोप लाग्दै आएको छ भने विभिन्न काण्डहरुपनि भएका छन् ।

जस्तै वालुवाटार काण्ड, सुनकाण्ड, वाईडवडी काण्ड, यतिकाण्ड, लगाएतका काण्डका कारण पनि सरकार आलोचित बन्दै गएको छ ।