समाचार

भारी रकम सहित प्रहरीले यसरी पक्राउ गर्यो डेढ दर्जन जुवाडेलाई रंगेहात

काठमाडौं । काठमाडौंको तारकेश्वरबाट ६ लाख २५ हजार नगद रुपैयां सहित १६ जुवाडे  पक्राउ परेका छन् ।

प्रहरीले शुक्रबार साँझ काठमाडौंको तारकेश्वर नगरपालीका बडानम्बर ९ शुभकामना चोस्थित केशवपाण्डको घरमा भाडामा वस्दै आएका दिनेश पन्तको कोठाबाट उनिहरुलाई रंगेहात पक्राउ गरेको हो । पन्तको कोठामा अबैध जुवा संचालन भईरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं १६ बाईपास बस्ने बर्ष ४२ को शंकर डंगोल, धादिङ घर भई हाल काठमाडौं वस्ने बर्ष ४३ को पदम अधिकारी, बुढानिलकण्ठ नगरपालीका ४ चपलीका बर्ष ६० का मोहन खड्का, धादिङ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने बर्ष ३६ को दिनेश कुवँर, भक्तपुर सुर्यविनायक  बस्ने बर्ष ४६ को देवेन्द्र के सी, मकवानपुर घर भई हाल ठुलो भर्यादङ बस्ने बर्ष ५० को श्याम सुन्दर नगरकोटी, काठमाडौं का देवरत्न श्रेष्ठ रहेका छन् ।

यस्तै स्याङ्जा घर भई हाल बानियाटार बस्ने  बर्ष ४६का बिमल नागार्जुनका बर्ष ४३ को रोशन ठकुरी, तारकेश्वर का ५९ को रामशरण खत्री, नुवाकोट घर भई हाल तारकेश्वरमा बस्दै आएका वर्ष ३८ को दिनेश पन्त, दोलखा कालिन्चोक घर भई हाल बुढानिलकण्ठमा बस्ने बर्ष ४० को शिवजी शिवाकोटी,रहेका छन् ।

यस्तै गोरखा धार्चे घर भई हाल काठमाडौं १६ मा बस्ने बर्ष ३० को बुद्धी बहादुर गुरुङ, काठमाडौं १६ बस्ने बर्ष ३८ को राजु गुरुङ, आरुघाट घर भई हाल काठमाडौं बस्ने बर्ष २९ को अनुप गुरुङ, र धादिङ थाक्रे घर भई हाल टोखा न.पा ११ बस्ने बर्ष ४४ को ईन्द्र राज बिडारी रहेको डिएसपी होविन्द्र वोगटीले जानकारी दिएका छन् ।

तास खेलिरहेको अवस्थामा खानतलासि गर्दा तासको खालबाट ६ लाख २५ हजार पैसा र ६ बुक तास सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकाकारुसंग अनुसन्धान जारी राखेको प्रहरीले बताएको छ ।