अन्तर्राष्ट्रिय

पोर्चुगाली राष्ट्रपति मार्सेलो र प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेटवार्ता

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पोचुगालीका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसासँग राजधानी नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ ।

वार्तापहिले दुवै नेताहरू भारत र पोर्चुगलबीच भएका सम्झौताको आदानप्रदान समारोहमा उपस्थिति हुनुभएको थियो ।

नानो बायोटेक्नोलजी, उच्च शिक्षा लगायतका क्षेत्रहरुमा मार्सेलोको भ्रमणको क्रममा भारत र पोर्चगलबीच कम्तिमा सात सम्झौतापत्रमा हस्ताक्षर भएको छ भने अन्य केही सम्झौताहरूको पनि आदानप्रदान भएको छ ।

मार्सेलो चार दिन लामो भ्रमणमा बिहीबार भारत आएका हुन् । उनिसंगै वैदेशिक मामिला मन्त्री प्राध्यापक अगस्टो सान्टोस सिल्भा, प्राध्यापक यूरोको ब्रिल्हन्टे डायस र र जोर्ज सेगुरो सान्चे पनि भ्रमण दलमा रहेका छन् ।

यस भ्रमणले दुबै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न क्षेत्रमा भएका प्रगतिहरूको समीक्षा गर्ने, सहयोगका नयाँ पक्षहरू अवलम्बन गर्ने र आधिकारिक विज्ञप्तिमा साझा चासोका अन्तर्राष्ट्रिय मुद्दाहरूको बारेमा आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ ।