राजनीति

जनयुद्धमा १७ हजारको हत्याको मुद्धा लाग्ने डरले प्रचण्डको गिरिजाबाबुप्रति गलत आरोपः डा कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले नेकपा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ जनयुद्धका मुद्धा लाग्ने हो कि भनेर डराएको बताएका छन् ।

प्रभावशाली केन्द्रीय सदस्य एबम् आउँदो महाधिवेशनमा सभापतिको लागि उम्मेद्वारी घोषणा गरिसकेका नेता कोईरालाले बिहीबार जनयुद्ध दिवशका दिन माओबादी जनयुद्धका समयमा आफुलाई ठुला ठुला आक्रमण गर्न गिरिजा प्रसाद कोईरालाले लगाएको भन्ने आरोप गलत भएको भन्दै त्यस्ता गलत अभिब्यक्ती दिँदै हिँडेर आफ्नै कद घट्नेमात्र नभएर ठुलो मुल्य चुकाउनुपर्ने दिन आउने चेतावनी दिएका छन् ।

१२ बुँदे समझदारीका एक सदस्य समेत रहेका र माओबादीलाई शान्तीप्रकृयामा ल्याउन गिरिजा प्रसाद कोईरालाको सहयोगीको रुपमा महत्वपूर्ण भूमिका खेलेका डा कोईरालाले ऐतिहाशिक ब्यक्तीत्वमाथी धावा बोल्दै हिँडेर अध्यक्ष दहालले निन्दनीय कुरा गरेको आरोप लगाएका छन् ।

उनले अध्यक्ष दहालबाट यस्ता प्रकारका हावा, गैरजिम्मेवार र अराजनीतिक टिप्पणी गर्ने नेपाली राजनीतिले आशा नगरेको भन्दै १७ हजार मान्छेको रगतबाट उन्मुक्तीक लागि जेपायो उही बोल्दै हिँडेको हुनसक्ने अनुमान लगाएका छन् ।

उनले जनयुद्धको समयमा १७ हजार मान्छेको मृत्युको डरले प्रचण्ड छट्पटाएर जे पायो उही बोलेको संकेत गरेका छन् ।