पु.समाचार

काँग्रेस दलद्वारा राष्ट्रियसभामा सदस्य दुर्गाप्रसादको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलले राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गेका छन् । क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको ५१ वर्षको उमेरमा आज निधन भएको हो । उहनीहरुले सांसद उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय योगदान पु¥याउनुभएको उल्लेख गर्दै उपाध्यायको निधनले राष्ट्र र काँग्रेसलाई अपूरणीय क्षती पुगेको बताएका छन् ।

विसं २०२६ मा जन्मनुभएका उपाध्याय २०४६ सालको जनआन्दोलनदेखि काँग्रेसमा सक्रिय रहँदै आउनुभएको थियो । विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साबिक मधुवनी गाविसमा उहाँ उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । काँग्रेसको १२औँ र १३औँ महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत हुनुहुन्थ्यो । विसं २०७४ मा उहाँ काँग्रेसका तर्फबाट प्रदेश नं ५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित हुनुभएको थियो ।