मनोरञ्जन

बले र प्रिन्सि प्रिज्मा प्रेम सम्बन्धमा (भिडियो सहित)

काठमाडौं । प्रेम सम्बन्धको चर्चा चलिरहेको बेला सागर लम्साल ‘बले’ र ट्विनीगल्र्स प्रिन्सि प्रिज्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सूर्य खड्काको संगीत तथा स्वरमा रहेको गीतमा बले र ट्विनीगल्र्स प्रिन्सि प्रिज्माको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ ।

शिव अखेलीको शब्द रहेको ‘नैना रेशम’ बोलको गीतमा सूर्य खड्का र दूर्गा सापकोटाको स्वर रहेको छ । कजिश श्रेष्ठको कोरियोग्राफी एवम् निर्देशनमा बनेको गीतको भिडियोमा बलेलाई रोमान्टिक र विन्दास पारामा प्रस्तुत गरिएको छ ।

अजय रेग्मीले खिचेको गीतको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् । गीत सार्वजनिक भएको छोटो अवधीमै युट्युवको ट्रेण्डिङमा समेत प्रवेश गरेकोछ ।

[youtube https://www.youtube.com/watch?v=EC-Krzuwc-E&w=863&h=400]