खेलकुद

खेलाडी संघ र एभरेष्ट वल्र्डवीच आर्थिक सहयोग सम्वन्धि सम्झौता

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ र एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकावीच शुक्रबार आर्थिक सहयोग सम्वन्धि सम्झौता भएको छ ।

संघका अध्यक्ष दीपक श्रेष्ठ र एभरेष्ट वल्र्डका तर्फबाट नेपाल च्याप्टरका उपाध्यक्ष बलराम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता पत्र अनुसार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पूर्व महासचिव एवं एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाका संस्थापक कुमार कार्कीले ब्यक्तिगत रुपमा संस्था मार्फत खेलाडी संघलाई बार्षिक १ लाख प्रदान गर्ने जनाईएको छ । सम्झौता हाललाई ५ बर्षका लागि रहेको छ ।

संघको बार्षिक कार्यक्रम अनुरुप यहि फाल्गुण ६ गते बशन्तपुरमा आयोजना हुन लागेको एनएनपिए स्पोर्टस् अवार्डमा प्रतिभावान २ खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारका लागि सम्झौता भएको हो । पहिलो पटक सम्मिलित गरिएको प्रतिभावान खेलाडी सम्मान विधामा उत्कृष्ट महिला तथा पुरुष खेलाडी प्रत्येकले नगद ५० हजार प्राप्त गर्ने छन् ।

सम्झौता पत्र आदान प्रदान पश्चात एभरेष्ट वल्र्डका नेपाल च्याप्टरका उपाध्यक्ष कार्कीले राष्ट्रको लागि रगत पसिना बगाउने खेलाडीहरुको सम्मानका लागि सहयोग गर्न पाउनु ठुलो गौरवको कुरा रहेको बताए । यस्तै खेलाडी संघका अध्यक्ष श्रेष्ठले आफु खेलाडी जीवन ब्यतित गर्दै खेलाडीहरुको हक हितमा लागेका कार्कीले बिदेशमा रहेर पनि खेलाडीहरुको हक हित र सहयोगमा पु¥याउनु भएको योगदानको कदर गर्दै कार्की प्रति कृतज्ञता ब्यक्त गरे ।

२०७५ सालमा मित्र राष्ट्र ईन्डोनेसियामा सम्पन्न १८ औं एशियाली खेलकुदमा सहभागी खेलहरुलाई आधार मानी ती खेलबाट २०७५ सालमा उत्कृष्ट प्रदर्शन गर्ने एक÷एक जना खेलाडीहरु मध्येबाटनै एक महिला र एक पुरुष प्रतिभावान खेलाडी छनौट गरिने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष श्रेष्ठले जानकारी गराए ।