प्रदेश 1

प्रथम खोटाङ दिक्तेल महोत्सवमा एक अर्वको कारोबार हुन्छ: बिशाल भट्टराई

खोटाङ । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राइले प्रथम खोटाङ दिक्तेल महोत्सवको उद्घाटन गरेका छन् । आजदेखि सुरु भएको उक्त महोत्सवको उद्घाटनमा प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य बिशाल भट्टराईलगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो । 

एक अर्वको कारोबार हुने तथा एक लाख अवलोकनकर्ता आकर्षित गर्ने लक्षका साथ प्रथम खोटाङ दिक्तेल महोत्सव सुरु भएको सांसद भट्टराईले बताए । सांसद भट्टराईले १० दिनसम्म चल्ने महोत्सबको पुर्ण सफलताको शुभकामनासमेत दिए ।