बाग्मती

वडा अध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाविस वडा नं ६ को वडा अध्यक्ष कैलाश थापा सहीत ६ जनालाई अख्तियार दुरुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेका छन् ।

उनले खानेपानीको उपभोक्ता समितिको अध्यक्ष समेत आफै बसेर काम नगरी झुठ्ठा कागनपत्र बनाई ६ लाख भष्टाचार गरेको आरोपका वडा अध्यक्ष सहितको समुह माथि मुद्धा दायर गरेको हो ।

त्यसैगरी सोही गाउँपालिकाका कार्यालय प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र लेखापाल सुरेन्द्र तितजुले प्राविधिक प्रतिवेदन तयार गरेकाले उनीहरुविरुद्ध पनि मुद्दा दायर गरेको अख्तियारको ठहर छ ।

त्यस्तै सोही गाउँपालिका वडानम्बर ५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठले खानेपानी आयोजनाको पाइप किन्दा ३ लाख भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।