समाचार

जिपको ठक्करबाट प्रहरी सहायक निरिक्षकको मृत्यु

काभ्रे । काभ्रेको बनेपामा जिपको ठक्करबाट एक प्रहरी प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ ।

शुक्रबार दिउसो बाटो काट्ने क्रममा बा १९ च १३२३ नम्बरको जिपले ठक्कर दिंदा गम्भिर घाइते भएका प्रहरी चौकि साँगामा कार्यरत प्रहरी सहायक निरिक्षकको तेजबहादुर गुरुङको धुलिखेल अस्पतालमा निधन भएको हो ।

भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको जिपले बनेपा नगरपलिका १३ उनलाई ठक्कर दिएको र तत्काल अस्पताल लगिएको प्रहरीले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।