पु.समाचार

अख्तियारलाई सर्वोच्चको प्रश्नः बालुवाटार जग्गा प्रकरणमा भट्टराई र नेपालविरुद्ध मुद्धा किन चलाईएन?

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयाृग अनुसन्धान आयोगसंग बालुवाटार जग्गा घोटाला पैकरणको लिखित जबाफ मागेका छन् ।

बालुवाटार ललिता निवसको सरकारी जग्गा व्यक्तिको नाममा लैजान मन्त्रीपरिसद बैठकबाट निर्णय गर्ने पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माधवकुमार नेपाल माथि मुद्धा नचलाउनुको कारण लिखित रुपमा जबाफ दिन सर्वोच्चले अख्तियारलाई आदेश दिएको हो ।

बालुवाटार जग्गा घोटाला प्रकरणमा अख्तियारले विजयकुमार गच्छादार सहित १७० जना माथि भ्रष्टाचारको मुद्धा दायर गरेको थियो भने मन्त्रीपरिषदको निर्णय नितिगत रहेको र तत्कालि प्रधानमन्त्री द्वय नेपाल र भट्टराई माथि भ्रष्टाचारको मुद्धा दायर गर्न आफ्नो क्षत्रअधिकार भित्र नपर्ने बताएका थिए ।

वरिष्ठ अधिवक्ता बाकृष्ण न्योपानेले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजान निर्णय गर्ने मन्त्रीपरिषदको सबै सदस्यमाथि कार्बाही गर्न रिट दायर गरेपछि सर्बोच्चले अख्तियारलाई मुद्धा नचलाउनुको स्पष्ट कारण सहितको जबाफ पेश गर्न आदेश दिएको हो ।