समाचार

कांग्रेस सांसदको निधनका कारण रोकियो प्रधानमन्त्रीको सम्बोधन कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसका सभा सदस्य सांसद दुर्गाप्रसाद उपाध्यायको क्यान्सरका कारण आज निधन भएको छ । उपाध्यायको निधनका कारण प्रतिनिधिसभामा हुने भएिको प्रधान मन्त्रीको सम्बोदन स्थगित भएको हो । आज २ बजेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री द्वारा सम्बोदन हुने र २ वर्ष भरिको कार्यकालमा भएका उपलब्धिका कामहरुका बारेमा जानकारी गराउन सम्बोदन कार्यक्रमको लागी सभामुख संग समय लिइएको थियो ।

नेपाली कांग्रेसका सभासद उपाध्यायको निधनको कारण प्रधानमन्त्रीको सम्बोधन भोलिका लागि सरेको हो । ‘बहालवाला सांसदको निधनको सूचना आएपछि नियमित सूचीमा प्रवेश गर्न नमिल्ने, आज शोक प्रस्ताव पारित भएर बैठक स्थगित हुने,’ सचिवालयका एक अधिकारीले भने ।

आजको सम्बोधन भोलि बस्ने बैठकमा हुने सचिवालयका एक अधिकारीले जानकारी दिए । प्रतिनिधिसभाको बैठक शनिवार बिहान ११ बजेका लागि राख्ने तयारी भएको छ ।वालयका एक अधिकारीले जानकारी दिए । प्रतिनिधिसभाको बैठक शनिवार बिहान ११ बजेका लागि राख्ने तयारी भएको छ ।