समाचार

राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन

वुटवल । राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको आज आफ्नै विासमा निधन भएको छ । लुम्बिनि साँस्कृति नगरपालिका वडा नं.१० घर भएका उपाध्यायको क्ययान्सरका रोगका कारण ५० वर्षको उमेरमा निधन भएको हो ।

उनी धेरै लामो समय देखी क्यान्सर क्यान्सर रोगबाट पिडित हुनुहुन्थ््यो । उनको आज बिहान ७ बजे तिर आफ्नै निवासमा निधन भएको सोही क्षत्रका कांग्रेस सांसद फखरदिन खानले जानकारी दिए । उपाध्याय २०७४ मा नेपालि कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्बाचित भएका थिए । उनी भरतपुर क्यान्सर अस्पतालमा उपचार गराई घर फर्किइएको थियो ।

२०५४ सालमा साविकको मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित उनी २ पटक कांग्रेस रुपन्देही क्षेत्र नंं ५ को क्षेत्रीय सभापति र त्यसयता महाधिवेशन प्रतिनिधि थिए ।