मनोरञ्जन

भ्यालेन्टाइन् डे को दिन चलचित्र ‘लभ डायरिज’उपहार स्वरुप प्रर्दशन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लभ डायरिज’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तरगत ‘लभ डायरिज’ आजबाट अल नेपाल प्रदर्शनमा आएको हो ।

सौरभ चौधरीको निर्देशन रहेको चलचित्रमा सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाल मुख्य भूमिकामा छन् । यस चलचित्रमा माया गर्ने जोडीका माया प्रेम मिलन विछोडका काथालाई चलचित्र मार्फत बुझाउन खोजिएको छ ।

माया, प्रेम र विछोडको कथा भन्ने ‘लभ डायरिज’ भ्यालेन्टाइन डेको अवसर पारेर आजबाट प्रदर्शनमा आएको हो ।