राजनीति

रवीन्द्रतिर संकेत गर्दै नेता सिंह भन्छन्ः नयाँ पार्टीमा न कुनै लगानी छ, न त राजनीतिक परिपक्वता

काठमाडौं । राजधानीमा आज ब्रह्मकुमारी राजयोग केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिंहले परिवर्तनका नाममा पुरानो पार्टीले केही गर्नै सकेन भन्नेहरु गलत भएको बताएका छन् ।

उनले उनीहरुसीत मुलुकका लागि राजनीतिमा ‘न कुनै लगानी छ, न त राजनीतिक परिपक्वता’ यश अर्थ जनताद्वारा टेस्टेट पुरानो पार्टीहरुबाटै जन अपेक्षा पूरा गर्न सकिने बताएका छन् । उनको संकेत साझा पार्टीका संयोजक रवीन्द्र मिश्रतर्फ देखिएको हो । मिश्रले बेला बेला काँग्रेसलाई गाली गर्ने गरेकाले आक्रोशित हुँदै नेता सिंहले उक्त प्रतिकृया दिएका हुन् ।

उनले सत्तामा पुगेपछि मात्र कुन पार्र्टी कस्तो हो भन्ने कुरा जनताले चिन्न सक्ने भएकाले नारा वा गफ दिन र काम गरेर देखाउन कति गाह्रो रहेछ भन्ने कुरा अहिलेको सतारुण दलले बिगतमा दिएका नारा र अहिले सतामा हुँदा गरेका कामबाट भोगिरहेको दृष्टान्त हेर्न आग्रह गरेका छन् ।

सबै राजनीतिमा लाग्नेहरुलाई एउटै बास्केटमा हेर्न नहुने भन्दै हरेक क्षेत्रमा असल र खराब दुबै खाले मान्छे हुने जिकिर गरेका छन् । उनले केही खराब ब्यक्तीले गरेका गलत कामका आधारमा सबै राजनीति कर्मीहरुलाई आलोचना गर्ने परिपाटी बिकास हुनु गलत रहेकाले खराबर असल मुल्याकन गर्न समेत आग्रह गरेका छन् । २ ४ जनाले गलत गरेकाले सबै राजनीति गर्नेहरु खराब छन् भन्ने धारणा त्याग्नु पर्ने बताएका छन् ।