सामाजिक सञ्जाल

संग्रौलाको व्यंग्यः ओलीपथमा विलय पुर्व माओवादीले सहिद दिवश मनाउनु आमाको हत्यागरी श्राद्ध गर्नु झैं

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले एमालेमा विलय पुर्व माओवादीले सहिद दिवश मनाउनु को कुनै अर्थ नभएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत साहित्यकार संग्रौलाले ओली पथको एमालेमा विलय भएको पुर्व माओवादीले सहिद दिवश मनाउनु भनेको आमाको हत्या गरी आँशु चुहाउँदै श्राद्ध गर्नु सरहको पाखण्ड भएको व्यंग्य गरेका छन् ।

हिजो बिहिबार मात्र अध्यक्ष पुष्पकमल दाहाल लगाएतकाले २५ औं सहिद दिवश विविध कार्यक्रम गरी मनाएका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित हुने भनेपनि अन्त्यमा अनुपस्थित भएका थिए ।

उनको ट्वीटः एमालेको ओलीपथमा विलय भएको पूर्व एमाओवादीले जनयुध्द दिवस मनाउनु आफ्नै आमाको बध गर्ने सन्ततिले आँसु चुहाउँदै बध गरिएकी आमाको श्राध्द गर्नुजस्तै पाखण्ड हो । सम्पन्न भएछ त पाखण्ड !