विचार/ब्लग

स्वच्छ प्रेम गर्नेलाई भगवानको आशिर्बाद

रजनी श्रेष्ठ/ नेपालमा मनाईने विभिन्न अन्तराष्ट्रिय दिवसहरु मध्ये एक प्रेम दिवस पनि हो । प्रेम दिवसलाई नेपालीमा प्रणय दिवस भनिन्छ । विदेशी सस्कृतिबाट आएको यो दिवस अंग्रेजी महिना फेब्रुवरीको १४ तारीखमा मनाइने गरिन्छ । यसलाई अग्रेजीमा ‘भ्यालेन्टाइन् डे’ भनिन्छ । रोमन राज्यका सम्राटले युवाबर्ग प्रेम र बिवाह तिर आकर्शित भएमा देशको सैनिक सेवामा प्रभाव पर्छ भन्ने हेतुले प्रेम बिवाहलाई प्रतिबन्ध लगाइएका थिए । तर पादरी सेन्ट भ्यालेन्टाइनले भने सम्राटको निर्णय धर्म विरुद्ध भएको भन्दै प्रेममा रहेका जोडीलाई बिवाह गराईदिने गरेका थिए । सम्राटले उनको निशेधाज्ञा ताडेकाले क्रोधित भई ई. पु. २७० फेब्रुवरी १४ का दिन भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको थियो । प्रेम र प्रेम गर्नेहरुको लागि भ्यलेन्टाइनले आफ्नो प्राणको वलिदान दिएकाले यस दिनलाई प्रेम दिवसको रुपमा मनाउदै आएको इतिहास रहेको छ ।

प्रेम हुनु खराव पनि होइन् । माया, प्रेम भनेको त आत्मालाई शुद्ध र पवित्र राख्ने तत्व हो । मनमा प्रेम विनाको मान्छे, मान्छे हुन सक्दैन । माया प्रेम मानिसलाई जिउन सिकाउने आधार हो ।

पछिल्लो समयमा नेपालमा पनि प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे मनाउनेको संख्या बढ्दो रहेको छ । प्रेम दिवसका दिन प्रेममा रहेकाहरुले गुलाफको फुल दिएर र विभिन्न किसिमका उपहार दिए माया साटासाट गर्ने गर्छन् भने कसैसंग प्रेममा रहन चाहने व्यक्तिहरुले प्रेम प्रस्ताव राख्ने र आफ्नो मनका कुरा बाढ्ने गर्दछन् । हुन त हरेकको मनमा प्रेमका पालुवाहरु पलाएका हुन्छन् । प्रेम हुनु खराव पनि होइन् । माया, प्रेम भनेको त आत्मालाई शुद्ध र पवित्र राख्ने तत्व हो । मनमा प्रेम विनाको मान्छे, मान्छे हुन सक्दैन । माया प्रेम मानिसलाई जिउन सिकाउने आधार हो । माया प्रेमले मानिसलाई एक अर्का प्रति असल व्यावहार, आदर, सम्मान, एकता, सदभाव, र विस्वास गर्न सिकाउँछ जसकारण प्रेम मानिसको जिवनमा अपरिहार्य रहेको छ ।

प्रेम एउटा यस्तो भावनात्मक र पवित्र शब्द हो । यसको न कुनै वर्णन छ, न त कुनै परिभाषा, आजसम्म यस्तो वैज्ञानिक या बुद्धिजिवि छैनन् कि प्रेम शब्दलाई चित्तबुझ्दो परिभाषित गर्न सकेको होस् या कुनै नियम बनाउन सकोस् । प्रेम हरेक व्यक्तिको बिचार अवस्था र तरिका अनुसार परिभषित हुने गर्दछ । प्रेम एउटा यस्तो भावात्मक नदि हो । जुन हरेक प्रणीको हृदय अविरल रुपमा बगिरहेको हुन्छ । प्रेमलाई न त कुनै तराजुमा तौलिन सकिन्छ । न त कुनै मुल्य लगाउन सकिन्छ । प्रेम कसैले कसैलाई देखाउन र शब्दमा व्याख्या विष्लेशण गरेर बुझाउन सकिदैन । प्रेमको मुल्याङकन मात्र महसुस गरेर गर्न सकिन्छ ।

कुनै एक पुरुष र महिला बिच हुने प्रेमलाई मात्र प्रेम मानिदैन । एउटा आमा बाबुको आफ्ना सन्तानप्रतिको प्रेम, दाजुभाई दिदीबहिनी बिचको प्रेम, आफ्नो परिवार र आफन्तसंगको प्रेम जन्मजात नै जोडिने प्रेम हो । जव मानिस हुर्किदै जान्छ, माया र प्रेमका दायरा पनि बढ्दै जान्छ । सथिभाइ, गुरुवर्ग, समाज, देश र मानव देखि पशुपंक्षि र वातावरणमा रहेका हरेक चिजसंगको प्रेम थपिदै जाने गर्दछ । तर प्रेम दिवसका दिन विशेषगरी महिला र पुरुष बिचको प्रेमलाई प्राथमिकता दिइन्छ । माया र प्रेम जति बाँढ्छौं त्यति नै बढ्ने तत्व हो ।

भनिन्छ जहाँ चोखो प्रेम हुन्छ त्याहाँ भगवान पनि खुसी हुन्छ । एक अर्कामा प्रेम गर्नेहरुमा भगवानको आशिर्बाद सधैं रहने गर्दछ । जसकारण प्रेम गर्नु एउटा पुण्यको काम पनि हो । प्रेम धेरै रुपमा प्रस्तुत हुने गर्दछ । कुनै एक पुरुष र महिला बिच हुने प्रेमलाई मात्र प्रेम मानिदैन । एउटा आमा बाबुको आफ्ना सन्तानप्रतिको प्रेम, दाजुभाई दिदीबहिनी बिचको प्रेम, आफ्नो परिवार र आफन्तसंगको प्रेम जन्मजात नै जोडिने प्रेम हो । जव मानिस हुर्किदै जान्छ, माया र प्रेमका दायरा पनि बढ्दै जान्छ । सथिभाइ, गुरुवर्ग, समाज, देश र मानव देखि पशुपंक्षि र वातावरणमा रहेका हरेक चिजसंगको प्रेम थपिदै जाने गर्दछ । तर प्रेम दिवसका दिन विशेषगरी महिला र पुरुष बिचको प्रेमलाई प्राथमिकता दिइन्छ । माया र प्रेम जति बाँढ्छौं त्यति नै बढ्ने तत्व हो । हामीले सकेसम्म सबैलाई साँचो, पवित्र र समान प्रेम बाढ्नपर्दछ । जसले हामीलाई जिन्दगीको असली खुसी दिने गर्दछ ।

रातो गुलाफको फुल प्रेमको प्रतिकको रुपमा लिइन्छ । नेपालको पछिल्लो समयको आंकडा हेर्दा प्रेम दिवसको दिनमा पाँच लाख वटा गुलाफको फुल बिक्रिवितरण हुने गरेको पाइएको छ । यसको मतलव नेपालमा प्रेम गर्नेहरु र प्रेम दिवस मनाउनेहरु धेरै छन् भन्ने बुझिन्छ । प्रेम दिवस मनाउनु, दुःख सुख साट्नु एक अर्काको भावनाको कदर गर्नु र सदभाव बाड्नु एकदम उत्तम कार्य हो । तर नेपालको सन्र्दभमा प्रेम दिवस अर्थात भ्यालेन्टाइनडे मनाउने तौर तरिका र माया, प्रेमलाई मुल्याङकन गर्ने तरिका देख्दा माया र प्रेम भन्ने शब्दमा नै कलंक लागेको महसुस गर्न सकिन्छ । कसैलाई एउटा गुलाफको फुल दिनु र दुई चार मिठा कुरा गरी समय विताउनुलाई प्रेम भएको भन्ने बुझाई रहेको छ । प्रेमको नाममा मानिसलाई विभिन्न किसिमका प्रलोभन देखाउने र झुठ्ठा कुरा गरी क्षणिक मनोरञ्जनका लागि मानिसको इज्जत मान प्रतिष्ठा र भावनासंग खेल्ने गरेको पाइन्छ । प्रेम दिवसका दिन घुम्न र अरुको देखासिकिका लागि पर पुरुष या महिलासंग क्षणीक घनिष्टता बढाउने, महंगा उपहार किनिदिन दवाव दिने, महंगा रेष्टुरेन्ट र होटलमा गएर ठुलो रकम खर्च गर्ने गरेको पाइन्छ । यसरी क्षणीक रुपमा बनाइएका सम्बन्धहरुले जटिल रुप लिई धेरै बैबाहिक घरबार बिग्रीने गरेको उदाहरण समेत समाजमा पाइने गरेको छ ।

प्रेम दिबसको दिनमा आफ्नो प्रेमी प्रेमिकाले समय नदिएको र सोचे अनुसारको उपहार नदिएको कारण पनि धेरै प्रेम जोडीहरु झगडा गर्ने र अलग हुने गर्दछन् । भने कतिपय कम उमेरमा नै उचित ज्ञानको कमिका कारण विपरीत लिङ्गिप्रति आकर्शीत भइ उमेरको आर्कशणलाई प्रेम सम्झने र अन्जानमा ठुला निर्णय लिने गरेकाले समस्या निम्त्याउने गर्दछ ।

कतिपय मनिसहरुले प्रेम दिवसका दिन घुम्न जान र समय बिताउनकै लागि भनेर समेत प्रेमको नाटक गर्ने प्रेमको नाममा झुट्टा सम्बन्ध बनाउने गर्दछन् । जसले गर्दा बिपरित पक्षको भावनामा ठेस पुगि डिप्रेसन हुने र मानसीक सन्तुलन गुम्ने देखी आत्महत्या गर्ने सम्मको घटना हुने गरेको विभिन्न सामाजिक सञ्जाल र समाचारहरुमा छापिने गरिन्छ । प्रेम दिबसको दिनमा आफ्नो प्रेमी प्रेमिकाले समय नदिएको र सोचे अनुसारको उपहार नदिएको कारण पनि धेरै प्रेम जोडीहरु झगडा गर्ने र अलग हुने गर्दछन् । भने कतिपय कम उमेरमा नै उचित ज्ञानको कमिका कारण विपरीत लिङ्गिप्रति आकर्शीत भइ उमेरको आर्कशणलाई प्रेम सम्झने र अन्जानमा ठुला निर्णय लिने गरेकाले समस्या निम्त्याउने गर्दछ । यसरी प्रेमलाई खेलको रुपमा लिएर अरुको मन र भावनासंग खेल्नु सामाजिक अपराध हो । यसले समाजमा एक आपसको विस्वास र सदाचारको अन्य गराई समाजलाई भावना विहीन बनाउने गर्दछ ।

त्यसैले परिवार र समाजमा प्रेमको नाममा घट्ने नकारात्मक घटनालाई अन्त्य गर्न उचित ज्ञान बाढ्ने बुझेर मात्र निर्णय लिने र अभिभावकद्वारा आफनो सन्तानलाई माया र प्रेमका विषयमा जानकारी गराउने छलफल गर्ने र प्रेमको गलत प्रयोग हुनबाट बचाउनुपर्छ । प्रेम दिवसलाई पश्चिमि संकृति भन्दै नकारात्मक टिका टिप्पणी हुने गरेको पाइन्छ । संकृति कहिँबाट आएको भएपनि हरेक संकृतिको आफ्नै महत्व र विषेश्ता रहेने भएकाले त्यसलाई कसरी र कुन रुपले लिने भन्नेमा फरक पर्ने गर्दछ । कसैलाई गुलाफको फुल दिनु र प्रेम प्रस्ताव राख्नु, मीठा कुरा गर्नु र महंगा उपहार लेनदेन गर्नुमात्र प्रेम गर्नु होइन । प्रेम मानिसको अन्तरआत्मा देखी नै जोडिने भावनात्मक सम्बन्ध भएकाले प्रेम दिवसको अवसरमा माया, प्रेम साटेर एक अर्काको मर्म र भावनाको कदर गरी विश्वासको वातावरण श्रजना गर्नु जरुरी देखिन्छ । प्रेम दिवसले मानिसमा माया र प्रेमको सहि भरिभाष फ्रलाउनको लागी सभ्य र सरलताका साथ भावना बुझेर प्रेम साटा साट गरौं र समाजमा एक अर्काप्रति विश्वासको वातावरण बनाऔ । प्रणय दिवशको सबैमा शुभकामना