आर्थिक

सन्राइज बैंकले ल्यायो ‘Sunrise Popcorn Mania’ योजना

काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहक महानुभावहरुको लागि सन्राइज बैंकले त्तँह् ऋष्लझबक सँग सहकार्य गरी ‘Sunrise Popcorn Mania’ नामक योजना ल्याएको छ । फाल्गुन २ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्र्र्तगत सन्राइज बैंकका ग्राहकले QFX Cinemas का सम्पूर्ण सिनेमा हलहरुमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा Popcorn निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरुले टिकट खरिद बापतको रकम सन्राइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी QFX Cinemas स्थित Point of Sale (POS) टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ । प्रति कारोबार अधिकतम पाँचवटा सम्म (Popcorn) निःशुल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ । सन्राइज बैंकले केहि वर्ष अगाडी पनि QFX Cinemas को २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो ।