आर्थिक

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शनिबारदेखि शुरु

काठमाडौं । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । यहिफागुन २ गते देखि ७ गतेसम्म त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान,कीर्तिपुरमा हुने भएको छ ।

उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन् । माछापुच्छ्रे बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूराभएको जानकारी गराईएको हो ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमाकार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुद प्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।

प्रमुखकार्यकारी अधिकृत,शर्माले यो वर्षको माछापुच्छ्रे बैंक, Corporate Super Sixes Tournament कर्पोरेट क्षेत्रको मात्रनभएर मात्रन भएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए ।