स्वास्थ्य

दादुरा–रुबेला अभियानमा एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य

काठमाडौं । एनसेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेलाअभियान २०७६/७७ मा सघाउने भएकोछ । यस बहुप्रतिक्षित खोप अभियानअन्तर्गत सरकारले ९ महिनादेखि ५ वर्ष सम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको छ ।

स्वास्थ्यतथा जनसंख्यामन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागु गर्नेछ । फागुन १ (बिहीबार) गते शुरु भई फागुन ३० सम्म संचालनमा रहने पहिलो चरण अन्तर्गत प्रदेश नं. १,२ र ५ का बालबालिकालाई दादुरा र रुबेलाखोप लगाईनेछ । त्यसैगरी दोस्रो चरण चैत्र १ गते देखि चैत्र ३० गते सम्म संचालनहुनेछ र यो चरणमा बाँकीप्रदेशहरु बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमकाबालबालिकालाई यीखोपहरु लगाईनेछ ।

“दादुरा रुबेला विरुद्धको खोप शत् प्रतिशत बालबालिकालाई लगाउनका लागि जनचेतना अभिवृद्धि गर्न एनसेलबाट हामीलाई धेरै सहयोग प्राप्तभएको छ । त्यो सहयोगको लागि एनसेललाई धेरै धन्यवाददिन चाहन्छौं । भविश्यमा पनि हाम्रो खोप कार्यक्रमलाई सहयोग निरन्तर रहनेछ भन्ने आशा राख्दछौं, ” परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलकशर्मा गौतमले भने ।

“राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा रुबेलाखोप अभियानअन्तर्गत खोपको महत्वकाबारेमा जनचेतना अभिवृद्धिको लागि स्वास्थ्यतथा जनसंख्यामन्त्रालयसँ सहकार्य गर्न पाएकोमा हामीनिकै हर्षित छौं । हाम्रो सामाजिक जिम्मेवारी कार्यक्रमअन्तर्गत स्वास्थ्य क्षेत्रहाम्रो प्रमुख प्राथमिकतामा रहेको छ र एक अग्रणी जिम्मेवार कर्पोरेट नागरिकको रुपमा हामीलाई यस किसिमको राष्ट्रिय अभियानमा सहकार्य गर्ने अवसर दिइएकोमा निकैनै गौरवान्वित छौं,” एनसेलका प्रमुखकार्यकारी अधिकृत एण्डी चोङ्गले भने ।