राजनीति

गिरिजाप्रसादको भूमिकामा प्रचण्डले नकरात्मक टिप्पणी गर्नु अशोभनीय: प्रदिप पौडेल

काठमाडौं । नेकपाका अध्यक्ष पुस्पकमल दहालले आज एक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिप्रति नेपाली कांग्रेसले ‌आपत्ति जनाएसँगै कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलले पनि उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा नेपालको लोकतन्त्रका लागि अबिराम संघर्ष र गणतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइरालाको भुमिकामाथी भ्रामक टिप्पणी शोभनीय नभएको बताएका छन् ।

पौडेलले लेखेका छन्, ” नेपालको लोकतन्त्रका लागी अबिराम संघर्ष र गणतान्त्रिक आन्दोलनको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइरालाको भुमिकामाथी प्रचण्डले गर्नुभएको भ्रामक टिप्पणी शोभनीय छैन । फरक विचारधारा बोक्ने र छुट्टै उचाइ हासिल गरेका दिवंगत नेतामाथी बोल्दा आफ्नै कद घटाउने गरि नबोल्नु नै उपयुक्त होला कि ?”