सामाजिक सञ्जाल

धनराजको व्यंग्यः प्रचण्डले ५००० मान्छे पनि गिरिजाकै निर्देशनमा मारेको भन्न त छुटाएनन् ?

काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गरुङले आज जनयुद्ध दिवशका दिन नेकपाका अध्यक्ष पुष्पकमल दहालले जनयुद्धका बेला गिरिजा प्रसाद कोइरालाले आफुलाई बेला बेला निर्देशन दिएको भन्ने अभिब्यक्तीप्रति कडा टिप्पणी गरेका छन् । उनले प्रचण्डले आफैंले जिम्मा लिएको जनयुद्धका बेला पाँच हजार मान्छे मारेको निर्देशन पनि गिरिजाबाबूबाटै आएको भनेर धेरै समय नलाग्नै भन्दै अधयक्ष दहालप्रति व्यंग्य गरेका छन् । नेता गुरुङले त्यो पाँच हजार मान्छे मारेको र जनयुद्ध गरेको जिम्मा पनि गिरिजाप्रसाद कोईरालाले नै लिनुपर्छ भन्न प्रचण्डबाट बेर नलाग्ने कुरा बताएका छन् ।

उनले भनेका छन्, ‘श्रदेय क.प्रचण्डज्यु ! ५ हजार मान्छे मारेको जिम्मा लिन्छु भनेर कुर्लनु भएको धेरै समय भएको छैन। आजको भाषणमा ूत्यो ५ हजार मान्छे गिरिजाकै निर्देशनमा मारेको हुँ, त्यसैले त्यसको जिम्मा मैले हैन गिरिजाले नै लिनुपर्छू भन्न छुटाउनु भएछ।’