विचार/ब्लग

जनयुद्धले देशका लागि के उपलब्धि भयो ? प्रचण्डले लगाए गिरिजाबाबुमाथी झुट आरोप !

बाबुराम आचार्य / फागुण १ गते माओबादीले ०५२ साल फागुण १ गतेबाट जनयुद्ध सुरु गरेको दिन । फागुण १ गतेदेखी ०६२/६३ को जनआन्दोलनसम्ममा १७ हजारको हाराहारीमा नेपालीहरुले ज्यान गुमाएको रेकर्ड नेपाली इतिहासमा लेखिसकिएको छ ।  प्रश्न उठ्न सक्छ आखिर जनयुद्ध के का लागि थियो ? जनयुद्धले नेपाली जनता र देशका लागि के उपलब्धि भयो त ? आखिर माओबादी एमाले मा नै मिल्नुथियो भने किन जनयुद्ध गर्नु थियो ? किन १७ हजार नेपालीको रगतको होली खेल्नु थियो ?

के पुष्पकमल दहाल, डा बाबुराम भट्टराई प्रधानमन्त्री बन्नकै लागिमात्र जनयुद्ध भएको थियो त ? के रेणु दहाललाई भरतपुर महानगरको मेयर बनाउन कै लागि पुष्पकमल दहालले आफ्नो नेतृत्वमा जनयुद्ध सुरु गरेका थिए त ? १७ हजार मान्छे त प्रत्यक्ष मरेका हुन्, जिवनमरणको दोसाँधमा भएर विस्थापीतको संख्या याकिन नभएपनि हजारौं छन्, मानशिक यातना कतिले पाए पाए, हिसाव किताव नै छैन । सर्बहारा बर्गको मुक्तीका लागि गरिएको भुमिगत जनयुद्धले जनतालाई के दियो त ?

प्रश्नै प्रश्न छन् । भगवानका पालादेखी नै शासन गर्ने महत्वाकाँक्षा बोकेकाहरुले रैतीलाई मारेर, धम्क्याएर, युद्ध गरेर, अपहरण गरेर, जुनसुकै हतकण्डा अपनाएरभएपनि सत्ता कब्जा गर्ने गर्दर्थे, त्यो मानवकालमा सामानय नै हो तर २१ औं शताब्दीमा हिँसाको बिरुद्धमा विश्व नै लागेको छ । विश्वको साम्राज्यको रुपमा रहेको संयुक्त राज्य अमेरिका, चीन, वेलायत, फ्रान्स, रुस लगायत शक्तीसम्पन्न मुलुकहरुले बिश्वमा हुने आतंककारी गतिबिधि रोक्न बिभिन्न खाले प्रयास गर्ने गरेका छन् । त्यति हुंदा हुँदैपनि नेपालमा ०५२ साल फागुण १ गते जनयुद्ध सुरु हुँदा अमेरिकाले नेपालका माओबादीलाई आतंककारीको संज्ञा त दियो तर उनीहरुलाई भित्री रुपबाट समाप्त पार्न रोल खेलेको देखिएन । चीनले उनीहरुलाई ठूलो बनाउन वा सिध्याउन कुनै रोल खेलेको देखिएन । अन्य देशको भुमिका राजनीतिकबृतमा कस्तो रह्यो प्राय: बुद्धीजिवी बर्गलाई जानकारी होला नै । हरेक विकशीत मुलुकमा क्रान्तीपछिमात्र आर्थिक प्रगती भएको कुरा सत्य हो तर ०४६/४७ सालपछिको प्रजातन्त्रपछि सुरु भएको विकासका मोडललाई ०५२ साल फागुण १ गतेको जनयुद्धबाट मुलुक विकासका लागि ३० बर्ष पछाडी धकेलेको देखिएको छ ।

विश्वको साम्राज्यको रुपमा रहेको संयुक्त राज्य अमेरिका, चीन, वेलायत, फ्रान्स, रुस लगायत शक्तीसम्पन्न मुलुकहरुले बिश्वमा हुने आतंककारी गतिबिधि रोक्न बिभिन्न खाले प्रयास गर्ने गरेका छन् । त्यति हुंदा हुँदैपनि नेपालमा ०५२ साल फागुण १ गते जनयुद्ध सुरु हुँदा अमेरिकाले नेपालका माओबादीलाई आतंककारीको संज्ञा त दियो तर उनीहरुलाई भित्री रुपबाट समाप्त पार्न रोल खेलेको देखिएन । चीनले उनीहरुलाई ठूलो बनाउन वा सिध्याउन कुनै रोल खेलेको देखिएन ।

हो सत्य हो, नेपाली काँग्रेस, तत्कालीन नेकपा एमाले, रापप्रा लगायतका राजनीतिक दलले मुलुक, जनता र प्रजातन्त्रलाई गती दिन सकेका थिएनन् तर अर्को कुरा पनि बुझ्न जरुरी छ कि उनीहरु मुलुक विकासको सुरुवाती चरणमा थिए । उनीहरु पनि सिक्दै थिए, त्यसैबेलामा माओबादी जनयुद्ध सुरु भएपछि केही विकास हुन लागेका कामहरु प्नि बन्द भए, हुन थालेका विकासका योजनाहरु पनि ध्वस्त भए ।

१७ हजार मानिसको रगतमा होली खेलेको नेतृत्व गरेका पुष्पकमल दहाल दुईपटक मुलुकको प्रधानमन्त्री भईसकेका छन् पाँच हजारको जिम्मा लिईसकेपनि १२ हजारको जिम्मा राज्यपक्षलाई दिएका छन् । ०६४, ०७० र ०७४ सालमा गरेर हजार जना भन्दा बढीले मन्त्री, सभासद, साँसद (प्रदेश, संघीय), मेयर उपमेयर हुने शुवर्ण अवशर पाईसकेका छन् । आखिरिमा माओबादीबाट एकीकृत माओबादी, माओबादी केन्द्र हुँदै नेकपा हुन पुगेको छ । नेकपा हुंदा आज २५ औं जनयुद्ध दिवशका रुपमा देशभर माओबादीमात्र नभएर पुर्व एमालेका नेता कार्यकर्तालेसहित जनयुद्ध दिवश मनाईरहेका छन् । प्रधानमन्त्रीसहित रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली जनयुद्ध दिवश मनाउन केन्द्रीय कार्यालय नगएपनि कार्यकर्ताले मनाएपछि त्यसको खासै अर्थ रहन्छ जस्तो लाग्दैन ।

दुईवटा पार्टी मात्र देशमा आवश्यक छ, एउटा काँग्रेस जसले लोकतन्त्रको नेतृत्व गर्दछ र अर्को नेपाल कम्युनिष्ट पार्टी जसले कम्युनिष्टको नेतृत्व गर्छ त्यसपछि देशको भबिश्यको सीमा रेखा कोरिन सुरु हुन्छ । पाँच हजार मान्छे मारेको जिम्मा लिने प्रचण्डलाई कारबाही गर्नुपर्छ भन्ने माग पनि साँसदमा उठ्न थालिसकेको छ त्यो पनि प्रचण्डका लागि घातक हुन सक्छ ।

कुनै बेलामा माओबादी र एमालेबीच पानी बाराबारको अवस्था हुँदा एमालेका स्थायी समिति सदस्यका रुपमा रहेका केपी शर्मा ओली माओबादीका प्रमुख दुश्मनका रुपमा थिए । पछि नेकपासंग मिलेपछि सबैभन्दा नजिकका पुष्पकमल दहालका परम् मित्र ओली नै बन्न पुगेका छन् । आज जनयुद्ध दिवशको कार्यक्रममा पुष्पकमल दहालले काँग्रेसका त्यसबेलाका सभापति स्व.गिरिजा प्रसाद कोईरालाले आफुहरुलाई आक्रमण गर्न उक्साएको दाबी गरेका छन् । अध्यक्ष दहालले यो पनि भनेका छन् कि, भुमिगत कालमा राजालाई ठेगान लगाउन माओबादीका आक्रमणहरु साना भएको र अझै हान्न आफुलाई हौसला दिएको दाबी गरेका छन् । सत्य हो वा होईन उनै जानुन् राजनीतिमा यस्ता कुराहरु हुनु अस्वभाविक होईनन् तर त्यो हो भने नैतिकताभित्र पर्छजस्तौ लाग्दैन । गिरिजााबु मरिसकेका छन्, उनको प्रतिकृया लिन सम्भब छैन । अध्यक्ष दहालले आफ्नो गिरिजा प्रसादसँग प्रायः सधैंजसो भुमिगतकालमा कुराकानी हुनेगरेको दाबी गरेका छन् । त्यो पनि सत्य हो वा होईन उनै जानुन् । यानिकी नेपाली काँग्रेसका नेता धनराज गुरुङ लगायतले प्रचण्डको अभिब्यक्ती गलत भएको आरोप लगाईसकेका छन् । काँग्रेसले आधिकारिक रुपमा पनि अध्यक्ष दहालको आरोपको खण्डन गरिसकेको छ । । किन र के का लागि भने त्यो प्रचण्डले नै जानुन् ।

अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हालेको कुरा पनि बाहिरिएको छ । उनलाई सबैभन्दा नजिकबाट सहयोग गर्ने डा बाबुराम भट्टराईले लडाकु शिविरमा भ्रष्टाचार गरेको आरोप खुलेआम लगाईसकेका छन् । अध्यक्ष दहालका गुरुसमेत मानिएका मोहन बैद्य निकट मानेर काम गरेका डा बाबुराम भट्टराई, नेत्रबिक्रम चन्द, सीपी गजुरेल लगायतले उनलाई छाडिसकेका छन् । नेत्र विक्रम चन्द विप्लपले भुमिगत रुपमा अर्को पार्टी संचालन गर्दैछन् । पुष्पकमल दहालका बिरुद्ध काँग्रेस त वैचारिक रुपमा प्रधान शत्रु नै हो ।

०६२/६३ सालको दोस्रो जनआन्दोलनबाट नेकपा अध्यक्ष पुष्पकमल दहाललाई राजनीतिक खेलाडीको रुपमा नेपालको राजनीतिकबृतमा लिने गरिएको सत्य भएपनि उनको १७ हजार मान्छे मारिएको जनयुद्ध काललाई हिँसात्मक जनयुद्धकाल भन्दै उनलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । कुनैदिन यस्ता मागहरु ब्लियो हुँदै गए भने अध्यक्ष दहालका राजनीतिक दिनहरु त्यति सजिला नहुन पनि सक्छन् । उनका बिरुद्धमा अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हालेको कुरा पनि बाहिरिएको छ । उनलाई सबैभन्दा नजिकबाट सहयोग गर्ने डा बाबुराम भट्टराईले लडाकु शिविरमा भ्रष्टाचार गरेको आरोप खुलेआम लगाईसकेका छन् । अध्यक्ष दहालका गुरुसमेत मानिएका मोहन बैद्य निकट मानेर काम गरेका डा बाबुराम भट्टराई, नेत्रबिक्रम चन्द, सीपी गजुरेल लगायतले उनलाई छाडिसकेका छन् । नेत्र विक्रम चन्द विप्लपले भुमिगत रुपमा अर्को पार्टी संचालन गर्दैछन् । पुष्पकमल दहालका बिरुद्ध काँग्रेस त वैचारिक रुपमा प्रधान शत्रु नै हो । तत्कालीन एमालेले समेत जनयुद्ध ठीक हो भन्दै आज जनयुद्ध दिवश मनाउनु हास्यास्पद, पदका लागि जस्तोसुकै त्याग गर्न सक्ने पुरानै ढुलमुले चरित्र, पुर्व एमालेका नेतालाई अडान लिन नसक्ने नेतृत्वका रुपमा हेरिएला । नेकपा भईसकेपछि पनि पुर्व माओबादीहरुले जनयुद्ध दिवश मनाउनु त स्वभाविकै हो ।

पछिल्लो समयमा नेकपाले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभामा स्पष्ट बहुमत ल्याएपछि नेपाली जनताले देश र जनताका लागि विकासको काँचुली फेर्ने अनुमान गरेका थिए तर प्रधानमन्त्री केपी शर्मा ओली दुईबर्ष बिताएपनि रेल र पानी जहाजका कुरा बाहेक केही पनि माखो नमारेको दृष्टान्त सबैको नजरले खेख्न र सुनन पाईएकै छ ।

नेपालमा १०४ बर्षे जहानीयाँ राणा शासनमा होस् या २००७ सालपछि आएको प्रजातन्त्र अनि ०४६ सालपछिको पहिलो जनआन्दोलनपछि ०६२/६३ सालसम्मको समय होस् या त्यसपछिको समय होस् त्यसमा कसैले पनि मुलुक र जनताका लागि इमान्दार भएर काम गरेको देखिँदैन । कुनैपनि शासकहरु देश निर्माणको लागि ईमान्दार भएर लागेको देखिएन या क्षमता भएर बेईमान भएको होस् या क्षमता नै नभएर नसकेको होस् मुलुक बिकासका लागि ईमान्दार भने भएको देखिएन । राणा शासनमा भाईभारदारले आफ्नैलाई छप्काएर श्री ३ बन्ने प्रचलन थियो, माओबादी कालमा भएका हिँसात्मक घटनाका कुरै नगरौं तर प्रजातन्त्र वा लोकतन्त्रमा जनतालाई हुँदै नभएको कुरा गरेर ढाँटेर शासन गर्ने परिपाटीको राजनीतिक दलहरुमा बिकास भयो । अहिलेसम्मका कुनैपनि शासन देश र जनताका पक्षमा भएको देखिएन । बरु प्रजातन्त्रमा भ्रष्टाचार, बेरोजगारी, गुण्डागर्दी, बलात्कार लगायतका घटनामा बृद्धी भए । समाजमा बस्ने मानिसहरु अनुशासित भएर बस्न नसक्ने अवस्थाको श्रृजना भयो ।

विप्लवले देशको काँचुली नै फेर्ने हो भने नेकपामा मिसिएर नेतृत्वमा आए हुन्छ या त अर्कै पार्टी खोलेर शान्तीपूर्ण राजनीतिमा आए हुन्छ । पद पाउन नेपालमा दर्जनौं बाटा छन् । प्रधानमन्त्री नै हुनका लागिमात्र देशलाई बन्धक बनाउनु राम्रो होईन, पछि विकास नै गर्न नसकेपनि पुरानो बिनासका घटनाले मुलुक दर्दमा फस्दैन । देखिएकै छ प्रचण्डले प्रधानमन्त्री बुन्नका लागिमात्र नेपाली जनतालाई प्रयोग गरे ढाँटे आखिर केहीगर्न सकेनन् ।

आखिर ०४६/४७ सालबाट आउन थालेको शान्ती कहाँबाट हरायो त ? भन्दा सीधा सीधा ५२ साल फागुण १ गतेबाट नै हो भनेर ठोकुवा गर्न सकिन्छ । नेकपाका नेता विप्लपले काँग्रेस, नेकपा लगायत सत्ताका वरिपरिका मानिसहरुलाई लगाएका आरोपहरु सत्य हुन् तर विप्लव नै सत्तामा आएभने पनि नेपाली जनताले मुक्ती पाउँछन् र देश समृद्ध हुन्छ भन्ने कुरा चैं कल्पना पनि गर्न सकिन्न । उनीपनि मानिस नै हुन्, उनले पनि एक्लै गर्ने होईन, टिम चाहिन्छ, राजनीतिमा लागेका मानिसहरु प्रायः योजना भन्दा गफमा मात्र सीमीत देखिन्छन् गफमात्र गर्नेले देशको काँचुली फेर्न असम्भव छ । विप्लवले देशको काँचुली नै फेर्ने हो भने नेकपामा मिसिएर नेतृत्वमा आए हुन्छ या त अर्कै पार्टी खोलेर शान्तीपूर्ण राजनीतिमा आए हुन्छ । पद पाउन नेपालमा दर्जनौं बाटा छन् । प्रधानमन्त्री नै हुनका लागिमात्र देशलाई बन्धक बनाउनु राम्रो होईन, पछि विकास नै गर्न नसकेपनि पुरानो बिनासका घटनाले मुलुक दर्दमा फस्दैन । देखिएकै छ प्रचण्डले प्रधानमन्त्री बुन्नका लागिमात्र नेपाली जनतालाई प्रयोग गरे ढाँटे आखिर केहीगर्न सकेनन् ।

जनयुद्ध २१ औं शताब्दीमा नेपालका लागि घातक भन्ने प्रमाणीत प्रचण्डले गरिसकेका छन् । उनले आजको कार्यक्रममा पनि भने माओबादी शान्ती प्रकृयामा नआएको भए सिद्धिन्थ्यो भनेर त्यो सत्य हो, उनको भनाईमा यो जबरजस्त आत्मसमर्पण थियो । दुईवटा पार्टी मात्र देशमा आवश्यक छ, एउटा काँग्रेस जसले लोकतन्त्रको नेतृत्व गर्दछ र अर्को नेपाल कम्युनिष्ट पार्टी जसले कम्युनिष्टको नेतृत्व गर्छ त्यसपछि देशको भबिश्यको सीमा रेखा कोरिन सुरु हुन्छ । पाँच हजार मान्छे मारेको जिम्मा लिने प्रचण्डलाई कारबाही गर्नुपर्छ भन्ने माग पनि साँसदमा उठ्न थालिसकेको छ त्यो पनि प्रचण्डका लागि घातक हुन सक्छ । जनयुद्ध घातक थियो भन्ने कमाण्डरकै मुखबाट पुष्टी भएसँगै अन्य मुलुकलाई नै तहसनहस हुने निर्णयहरु सोचेरमात्र गर्नेबेला आएको छ ।