आर्थिक

सभिल बैंकको १०८ औंशा खाकलैयामा

बारा । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा बिशेष महत्व दिने रणनीति अनुरुप बैंकले आज बारा जिल्लाको कलैयामा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

आज एक कार्यक्रमकाबीच सिभिल बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राययादवले संयुक्त रुपमा सिभिल बैंकको कलैया शाखाको समुद्घाटन गरेका हुन् । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सि.सि.टि.भि.क्यामेरा प्रदानगरियो ।

कलैया शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा मेयर राययादवले देशमा वित्तिय क्रान्तिको आवश्यकता रहेकोले आफ्नो नगरवासीलाई वित्तिय क्रान्तिमा लाग्न सुझाब दिए ।

सिभिल बैंकको हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरु रहेको २ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं २ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुलशाखा संख्या १०८ पुगेकोे पनि बैंकले जनाएको छ ।