मनोरञ्जन

कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको उद्घाटन

इटहरी । कान्तिपुर फिल्म एकेडेमि इटहरी शाखाको आज एक भव्य कार्यक्रमवीच उद्घाटन गरिएको छ । इटहरीमा फिल्मका बिभिन्न बिधा अध्ययन गर्न चाहने बिधार्थिहरुमा खुसि छाएको छ । बरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यता तथा कान्तिपुर फिल्म एकेडेमिका अध्यक्ष छबिराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा पूर्वका बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति, हल सन्चालक, साहित्यकार एवं सन्चारकर्मिको बाक्लो उपस्थिति रहेको थियो ।

फिल्म अध्ययन गर्न चाहनेहरुको लागी कान्तिपुर फिल्म एकेडेमिले पहिलो शाखा इटहरीमा सन्चालन गरीएको कान्तिपुर फिल्म एकेडेमिका सिइओ प्रकाश पुरीले जानकारी दिए । कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार हरिवंश आचार्यले मोफसलमा फिल्म अध्ययनको पहुँच पुर्याउन कान्तिपुर फिल्म एकेडेमिले गरेको यो प्रयासको प्रसंशा गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।