राजनीति

केजरीवाललाई सम्झदै नेता घिमिरे भन्छन्, ‘मरिहत्ते गरेर ल्याएको गणतन्त्र चोट्टाहरूको हातमा’

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गुरुराज घिमिरेले मरिहत्ते गरेर ल्याएको गणतन्त्र चोट्टाहरूको हातमा परेको बताएका छन् । नेता घिमिरेले हिजो आफ्नो जीवनलाई दाउमा लगाउनेहरू रमिते छन्, सरकार र पार्टीहरू सबै तिर चोट्टाहरूकै बिगबिगी छ भन्दै पछिल्लो मुलुकको राजनीतिक अवस्थामा असन्तुष्ट बनेका छन् ।

नेता घिमिरेले भारतमा केहीदिन अगाडीमात्र आम आद्मी पार्टीका केजरीवालको सफलता र त्यहाँका जनताको मायाबीचको कथा सुनाउँदै उनले मुलुकको पछिल्लो राजनीतिक अवस्था देखेर चिन्ता ब्यक्त गरेका हुन् । उनले प्रश्न गरेका छन्, ‘यता हाम्रो देशको सरकार के गर्दैछ ? हाम्रा पार्टी हरू के गर्दैछन ?’ उनले केजरीवालको भाषण सुन्न पनि सचेत बर्गलाई आग्रह गरेका छन् । 

उनले केजरीवालले बोलेको एक भिडियो राखेर नै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, – ‘शुरूमा मेरो परिवारमा ६ जना थियौं, म, मेरि पत्नी, मेरा दुई बच्चा र मेरा बाबुआमा। जब मैले पार्टी खोलें, परिवार बढ्यो,ठुलो भयो, अनि जब म मुख्यमन्त्री भएँ,मेरो परिवारको संख्या २ करोड पुग्यो।मेरो ध्यान कसरी दिल्लीका जनतालाई सुख दिने भन्ने हो, मेरो जीवनको सपना यहि हो।’ केजरीवाल।

आज दिल्लीका जनतालाई परिवारले दिन नसकेको खुसी राज्य सरकारले दिइरहेको छ। यसको एउटै कारण सरकारको प्राथमिकता नैं जनताको सुख र खुसी हो। पानी, बिजुली, स्वास्थ्य, शिक्षा, तिर्थयात्रा लगायतका राहत र सुबिधाले जनता आम आदमी पार्टीसँग औधी प्रशन्न छन् । यता हाम्रो देशको सरकार के गर्दैछ ? हाम्रा पार्टी हरू के गर्दैछन ?
बडो दुखका साथ भन्नुपर्छ, मरिहत्ते गरेर ल्याएको गणतन्त्र चोट्टाहरूको हातमा पर्यो। हिजो आफ्नो जीवनलाई दाउमा लगाउनेहरू रमिते छन्। सरकार र पार्टीहरू सबै तिर चोट्टाहरूकै बिगबिगी छ।
एकपल्ट थोरै समय दिएर केजरीवालको सम्बोधन सुनौं।