मनोरञ्जन

‘मुन्नी’ र नाजिर हुसेन रेल गाडीमा यात्रा गर्दै (भिडियो सहित)

काठमाडौं । ‘मुन्नी’ अर्थात् प्रियना आचार्य र लोकप्रिय कलाकार नाजिर हुसेनको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनीहरुले अभिनय गरेको ‘रेल गाडी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो विहीबार मायालु इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

पछिल्लो समय हिट गित दिन सफल समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा रहेको गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ । ‘सक्किगोनी’का श्रृङ्खला निर्देशक एवम् कलाकार दीपक आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा प्रियाना र नाजिरका साथै गायक समिरको पनि अभिनय रहेको छ ।

सागर मगरको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारी र टिमको सिनेम्याटोग्राफी रहेको छ । गीतको भिडियोलाई चन्दन दत्तको सम्पादन रहेको छ ।

[youtube https://www.youtube.com/watch?v=O804q9B5pj8&w=727&h=409]