राजनीति

प्रधानमन्त्रीको आत्माले स्विकारेन माओबादी जनयुद्ध,गएनन् कार्यक्रममा!

काठमाडौं । जनआन्दोलनमा सहिद भएकाहरुको सम्झनामा आज धुमबाराहीमा जनयुद्ध दिवस कार्यक्रमको आयोजना भएको थियो ।

सो कार्यक्रमा नेकपा पार्टी अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली को उपस्थित हुने नेकपाका केन्द्रिय कायालय सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले प्रस्तुत गरिएको विज्ञप्तीमा जानकारी गराइएको थियो ।

प्रेस सल्लाहकार सुर्य थापाका अनुसार अध्यक्ष दुबैको सल्लाह बमोजिम कार्यक्रम तय भएको र दुवैको उपस्थिति रहने निर्णय भएको बताइएको छ ।

बिहिबार बिहान भएको सो कार्यक्रममा पध्रानमन्त्री केपि शर्मा आलीको उपस्थिति थिएन । कार्यक्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री तथा सचिवालय सचिव रामबहादुर थापा र महासचिव विष्णु पौडेलको उपस्थिति रहेको थियो ।

गत वर्षको फागुन १ गते भएको जनयुद्ध दिवस कार्यक्रममा पनि प्रधानमन्त्री केपि शर्मा ओली उपस्थित थिएनन् ।