समाचार

सञ्चार क्षेत्रले सरकारलाई रचनात्मक खबरदारी गर्नुपर्छः मन्त्री बस्नेत

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सञ्चार क्षेत्रले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताएका छन् ।

उनले भने ,“सञ्चार क्षेत्र छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो पर्दैन । सञ्चार क्षेत्रले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्छ । ”

प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घ जाजरकोटशाखाद्वारा संयुक्त रुपमा आजरकोटमा आयोजित ‘पत्रकार आचारसंहिता’ विषयमा छलफल मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।

महासङ्घ शाखाको नवनिर्मित भवनको मन्त्री बस्नेत र महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले आज संयुक्त उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रेस काउन्सिल सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाई र पत्रकार महासङ्घका कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माको सहभागिता रहेको थियो ।