मनोरञ्जन

गायिका पुनम श्रेष्ठको ”निमोहीको याद” भिडियो सहित

काठमान्डौँ । नेपाली सुगम गीत संगीतमा सफल गीत संगीत दिदैँ आम दर्शक तथा स्रोताको नजरमा प्रखर रुपमा चिनिएका संगीतकार नविन श्रेष्ठको संगीतमा गायिका पुनम श्रेष्ठको आवाजमा रहेको अर्को मर्मस्पर्शी ”निमोहीको याद” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

प्रेम र जिवनका विभिन्न आरोह अवरोहलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । बविन अमात्यको शब्द ,नविन श्रेष्ठको संगीत तथा प्रमोद परियारको एरेन्ज रहेको छ ।कृष्ण पाण्डेको छायाँकन , जिवन सेन्चुरीको सम्पादन तथा नविन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ”निमोहीको याद” गीतको भिडियोमा रमा ठकुरी र शशी बहादुर थापाको अभिनय रहेको छ ।