प्रवास

ढिस्कोमा पुरिएर कुवेतमा ४ नेपालीले ज्यान गुमाए

काठमाडौं । धेरै धनकमाउन विदेशिएर मृत्यु बरण गर्न बाध्य छन् धेरै नेपाली । प्रत्ययेक दिन कयौं नेपाली नागकिरले बिदेशमा अकालमै ज्यान गुमाईरहेका छन् ।

बाध्यता भनौ या रहर अर्काेको मुलुकमा काम गर्न नगए खान लाउन नपुग्ने हुँदा हरेक नेपाली विदेशिन बाध्य हुन्छ । कुवेतमा हिजो (बुधबार) मात्रै चार नेपालीले ज्यान गुमाएका हुन्छन् ।

गुवेतको एक निर्माणस्थलमा पुरिएर ४ नेपालीको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन् । कुवेतको अल– मुत्ला क्षेत्रको निर्माणस्थलमा (बुधबार) बालुवा रग्राभेलको ढिस्कोले पुरिएर उनिहरुको मृत्यु भएको अरब टाईम्सले जानकारी दिएको छ ।

ढिस्कोमा पुरिएर घाईते ३ को उपचार भईरहेको छ । ढिस्कोमा पुरिएका सबै कामदार चिनियाँ कम्पनीका हुन् । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, निर्माणस्थलको ब्लक ५ मा ढल निर्माण गरिरहेका बेला ढिस्को खसेको थियो ।

घटनालगत्तै ७ लाई उद्धार गरेर अस्पताल लगिएकोमा ४ को ज्यान गएको अरब टाइम्सले जनाएको छ ।