मनोरञ्जन

स्कुटर दुर्घटनामापरी नायिका सिलवालको मृत्यु !

काठमाडौं । स्कुटर दुर्घटनामापरी नायिका महिमा सिलवालको मृत्यु भएको छ । धादिङकोगजुरी गाउँपालीका २ चम्बासमा बुधबार साँझ बससंग स्कुटर ठोकीएर सिलवालको मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी २२ वर्षिया सिलवालको उपचारका क्रममा प्राथमिक स्वास्थ्य कन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले बताएको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी शर्मिला सिलवाललाई उपचारको लागि काठमाडौं ल्याइएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।