मनोरञ्जन

धुर्मुस धन्छन्ः धुर्मुस–सुन्तली फाउन्डेसन सरकारलाई च्यालेन्ज गर्न बनेको होईन !

काठमाडौं । कलाकार तथा समाजसेवी सिताराम कट्टेल (धुर्मुसले) र्धुमर्सस सुन्तली फाउन्डेसनको सरकारलाई च्यालेन्ज गर्ने कुनै मनसाय नभएको बताएका छन् ।

फाउन्डेसन सरकारलाई च्यालेन्ज गर्न आएको भन्नै भ्रम फैलिएको प्रति ध्यानाकर्शण भएको भन्दै आफुहरुको त्यस्तो कुनै मनसाय नभएको उनले बताए ।

हरेक नागरिकले सरकारलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ फाउन्डेसन सञ्चालमा ल्याएको र गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणमा आफुहरु जुटेको उनको दाबी छ । साथै उनले सरकारलाई अभिभावक मानेर अघि वढेको भन्दै भोली अप्ठेरो परेको खण्डमा सरकारसंग सहयोगको आशा राखेको बताएका छन् ।

कार्यक्रममा र्धुमुसले गौतमबुद्ध क्रिकेट रंगशाला विश्वमै सर्वाेत्कृष्ट र मौलीक रंगशाला बन्ने दाबी पनि गरेका छन् । अन्य मुलुकको कुनै पनि रंगशाला मुलुकको मौलिक पन झल्कने नभएको भन्दै उनले गौतमबुद्ध रंगशालालाई फरक बनाउने बताए ।

एक कार्यक्रममा धुर्मुसले नेपाली कला, संकृति र परम्परालाई विश्वमा चिनाउने भन्दै उनले नेपाली रंगशाला नेपाली पनको रंगशाला बन्ने बताए । साथै कलाकार धुर्मुसले पापको खोल ओढेर धर्ति छोड्न नचाहेको भन्दै समाजमा केही नमुना योग्य काम गर्नुपर्ने भावना आफुमा भएको जिकिर गरेका छन् ।

यस्तै सरकारलाई अभिभावक ठानेर आफुुहरुको अभियानमा अगाडी बढेको बताउँदै रंगशाला निर्माण देखी प्रचार–प्रसारमा सहयोग गर्न प्रधानमन्त्री तथा सरकारलाई आग्रह गरेका छन् ।

जनताको सहयोगमा बनेको पहिलो रंगशाला भन्ने सन्देश फैलाउन आफु लागेको बताए । उनले समृद्धि हाम्रै पालामा रहेको भन्दै रगंशाला निर्माणमा नेपालका हरेन नागरिक लाग्नु पर्नेमा जोड दिएका छन् ।