आर्थिक

हिमालयन बैंकको २२ प्रतिशत लाभांश पारित

काठमाडौं । हिमालयन बैंकले आफ्ना शेयरधनीलाई २२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । सो बैंकको आज यहाँ सम्पन्न २७औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको हो ।

बोनस शेयरको वितरणपश्चात् बैंकको चुक्ता पूँजी रु नौ अर्ब ३७ करोड २२ लाख ८१ हजार ४२८ पुग्ने बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले जानकारी दिए । २७ वर्षदेखि वित्तीय सेवा दिँदै आएको बैंकले आव २०७५/७६ मा रु एक खर्ब १३ अर्ब नौ करोड निक्षेप सङ्कलन र रु ९८ अर्ब २० करोड ६३ लाख कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १३.३८ र १३.०८ प्रतिशतले बढी हो ।