आर्थिक

सिभिल बैंकको १०७औं शाखा जितपुरमा

जितपुर । नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिकम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा सिभिल बैंकको जीतपुर शाखाको समुद्घाटन गरे ।

देशकै विकासोन्मुख शहरहरु मध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुखअतिथि नेपाल राष्ट्र बैंकका मुख्यप्रबन्धक राजन बिकम थापाले देशको आर्थिक बिकास बैंकहरुको सहभागिता बिना हुन नसकिने भएकोले सिभिल बैंकले जीतपुरमा शाखा बिस्तार हुँदा यस क्षेत्रको बित्तीय गतिबिधिमा टेवा पुग्ने कुरा बताए ।

मेयर डा. कृष्ण प्रसादपौडेलले जीतपुरमा सिभिल बैंकले शाखा खोलेकोमा खुसी व्यक्त गर्दै बैंक प्रति कृतज्ञता ज्ञापन गरे । साथै सिभिल बैंकले यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्याउने कुरामा विश्वास व्यक्त गरे ।