आर्थिक

प्रभु बैंक र एनप्याब्सनकावीच बैंकिङ्ग कारोबार गर्ने सम्झौता

काठमाडौं । प्रभु बैंक र सिनामंगल, काठमाण्डौस्थित निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एनप्याब्सनका विच बैंकिङ्ग कारोबार बैंक मार्पmत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बैंककोे प्रधानकार्यालय बबरमहल काठमाण्डौमा आज एक समारोहकावीच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका तर्फबाट ध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गरेकोे हो ।

बैंक र एनप्याब्सनसँगको आज सम्पन्न सम्झौताबमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक हुनेछ । एनप्याब्सनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् गर्नेछ भने एनप्याब्सनअन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाता खोली विद्यार्थीहरुबाट संकलन गर्ने शैक्षिक शुल्क बैंक मार्फत नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्पmत् गर्न सक्नेछन् ।