मनोरञ्जन

‘जाउँन सरर’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । ‘भ्यालेन्टाइन डे’ नजिकिए सगै माया र प्रेमसग सम्बन्धित गीतहरु सार्वजनिक हुने क्रम बढेको छ । प्रणय दिवसलाई लक्षित गर्दै चर्चित रियालिटी शो द भ्वाइस अफ नेपालका अब्बल प्रतियोगी, गायक मधु लामाले ‘जाउँन सरर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

चर्चित गीतकार डि पी खनालको शब्द र मनोज थापामगरको संगीत तथा एरेन्जमेन्ट रहेको गीतको भिडियोमा मनोज थापामगर र रक्षा बस्नेतको अभिनय रहेको छ । अनिल कटुवालको सिनेमाटोग्राफी, बिजेश पौडेलको सम्पादन रहेको भिडियोमा मधु लामाको निर्देशन रहेको छ । दुई प्रेमीको प्रेमभाब प्रस्तुत गरिएको गीतको भिडियोलाई चितवन,सिन्धुली, सुनकोशी र काठमाडौ लगायतको ठाउमा छायाँकन गरिएको हो ।

डश म्युजिक नेपालको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई सार्वजनिक भए संगै दर्शक र मिडिया हाउसको राम्रो सहयोग र प्रतिकिय्रा आएको छ ।
[youtube https://www.youtube.com/watch?v=IfDwWxreHtQ]