समाचार

टेकु अस्पतालबाट कोरोना भाइरसको बिरामी नै भागे, अन्य तीनजना अस्पताल भर्ना

काठमाडौं । पछिल्लो समय चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसले गर्दा अहिले विश्व नै तरंग बनाएको छ । चीनमा रहेका विभिन्न देशका मानिसहरुलाई आफ्नो देशतर्फ फर्काउन थालेका छन् । त्यहि रोगको संक्रमण भएको आशंकामा टेकु अस्पताल पुगेका एक साउदी अरबका नागरिक भागेका छन् । उनी चीनको बाटो हुँदै नेपाल आएका थिए । रुघाखोकी र ज्वरो आएपछि एक साताअघि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका थिए ।

उनलाई कोरोनाको आशंका भएपछि अस्पतालले निगरानीमा राख्ने निर्णय गरेको थियो । तर, निगरानीमा राख्ने तयारी गर्दागर्दै उनी भागेका हुन् । उनको कोरोना परीक्षण गर्न बाँकी थियो, अहिले खोजी भइरहेको छ । भाषाको समस्या भएकाले उनलाई नियन्त्रणमा राख्न सकिएन । अस्पतालमा बुधबारमात्रै कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु अस्पताल भर्ना गरिएको छ ।