खेलकुद

लिगमा सन्दीपको धमाकेदार प्रस्तुतीः लिए ६ विकेट, अमेरिका ३५ रनमा समेटियो !

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि ३६ रनको लक्ष्य दिएको छ ।

नेपाली स्पिनर चम्किएपछि अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भयो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट यो सर्वाधिक कम स्कोरको बराबर हो । यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।

अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो । यस्तै सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए ।