प्रवास

अब एनआरएनको सदस्यले कुनैपनि पार्टीको सदस्यता लिए कारबाही गर्ने आयो चेतावनी

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनले संघका पदाधीकारी तथा सदस्यलाई कुनै राजनीतिक दलमा आवद्ध नहुन आग्रह गरेको छ ।

यदी भएको भए २५ फेब्रअरी २०२० सम्म राजिनामा दिन भनिएको छ । एनआरएनका महासचिव डा हेमराज शर्माले बिज्ञप्ति जारी उक्त समय सिमा सम्म पनि अटेर गर्नेलाई पदमुक्त गरी कारबाहि गर्ने चेतावनी दिएका छन् ।

यस्तै धार्मिक संस्थाका सदस्य भएको पाइए पनि उनिहरुमाथि कारबाही हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिएका छन् ।

विज्ञप्तिमार्फत डा शर्माले अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदका पदाधीकारी र सदस्यहरु नेपालका विभिन्न राजनीतिक दलका भातृ संगठनमा आवद्ध भएको जानकारी आफुले पाएको भन्दै तत्काल राजिनामा दिन निर्देशन दिएका हुन् ।