सामाजिक सञ्जाल

प्रधानमन्त्रीलाई संग्रौलाको जवाफः तहगत उचनीच कम गर्न सबैलाई ‘तिमी’ भनिएको हो !

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति प्रति आलोचना गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालायमा आयोजित ७० औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले हजुर, तपाई जस्ता आदरार्थी शब्द सञ्चारमाध्यमबाट हटाउने नियोजित प्रयास भैरहेको छ भनेका थिए ।

संग्रौलाले सामाजिक सञ्जाल ट्वीट मार्फत प्रधानमन्त्री को उक्त भनाईको खण्डन गर्दै समाजमा तहगत उचनीच कम गर्न सबैलाई साझा यु अर्थात ‘तिमी’ शब्दले पुकार्न थालिएको हो, भनेका छन् ।

साथै प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए, ‘हाम्रो सञ्चार माध्यमलाई हजुर, तपाईं भन्दा साह्रै सानो भए जस्तो लाग्छ । ’ उक्त भनाई प्रति संग्रौलाले आलोचना गरेका हुन् ।

संग्रौलाले आफनो ट्वीटमा अगाडी यस्तो लेखेका छनः तहगत उचनीच कायम राख्न हत्ते हाल्ने ओली सर तपाईं भनिनस् भन्दै मिडियासँग रूष्ट भाछन् ।  मिडियाले तपाईं भने हजुर किन भनिनस् भन्लान्, हजुर भने प्रभु किन भनिनस् भन्लान् । सामन्तसँग सकिँदैन, मान्यवर ।

उनको ट्वीटः आङ्ग्ल समाजमा तहगत उचनीच कम गर्न सबैलाई साझा “you”ले पुकार्न थालिएको हो । तहगत उचनीच कायम राख्न हत्ते हाल्ने ओली सर तपाईं भनिनस् भन्दै मिडियासँग रूष्ट भाछन् । मिडियाले तपाईं भने हजुर किन भनिनस् भन्लान्, हजुर भने प्रभु किन भनिनस् भन्लान् । सामन्तसँग सकिँदैन, मान्यवर ।