स्वास्थ्य

रुघा र ज्वरोले सिन्धुपाल्चोकमा सयौं बिरामीः कोरोनाको संत्रासः सरकार भन्छ डराउनु पर्दैन !

काठमाडौं । छिमेकी देश चीनमा कोरोना भाईरसको कारण हजारौं व्यक्तिको मृत्यु भएसंग विश्वभरी नै यस्को त्रास फैलिएको छ ।

चीनमा मात्रै हालसम्म हजारबढि नागरिकले ले ज्यान गुमाई सकेका छन् । भने कयौं मुलुकमा यसको संक्रमण फैलिएको छ । यो संगै चीनमा मात्रै होईन अन्य मुलुकहरुमा पनि रुघा, ज्वरो, खोकी लाग्दा समेत कोरोनाको डरले सताउन थालेको छ ।

रुघा लागेको होस् या ज्वरो आएको कोरोनाको भाईरसले छोएको त छैन कतै भन्नै डर सबैको मस्तिस्कमा बस्न थालेको छ । यस्तै डर फैलिएको छ सिन्धुपाल्चोक जिल्लामा । सिन्धुपाल्चोक को जुगल गाउँपालीका वडा नम्बर ३ गुम्बाका सयौं व्यक्ति बिरामि परेपछि उक्त स्थानको कोरोनाको संत्रास फैलीएको छ ।

साथै उक्त बिरामिहरुमा कोरोनाको र्भासरसंग मिल्दो–जुल्दो लक्षण देखीएपछि त झनै संका गर्ने ठाउँ उब्जीएको छ । गाउँपालीकाका अध्यक्ष होमनारायण श्रेष्ठलका अनुसार बिरामिहरुमा कोरोना भाईरसको जस्तै लक्षणहरु देखा परेको छ ।

गत माघ २३ गतेदेखी केहि व्यक्तिमा रुघा र उच्च ज्वरो देखीको र उक्त संख्या बढेर १०० नाघेको अध्यक्ष श्रेष्ठले बताएका छन् । दिनप्रतिदिन बिरामिको संख्या बढ्न थालेपछी स्थानीयमा त्रास फैलिएको मात्रै होईन चिकित्सकहरु पनि त्रसित हुन थालेका छन् ।

बिरामिको संख्या बढेको र अवस्था नाजुक बन्दै गएपछि गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादु विकले विषेश टोली खटाईदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वागमती प्रदेश सरकारलाई पत्र लेखेका छन् ।

त्यस्तै संघिय सरकारसंग पनि विशेषज्ञ चिकित्सक पठाईदिन अनुरोध गरिएको अध्यक्ष श्रेष्ठले बताए । एकै गाउँका स्थानीय बिरामी परेपछि तत्कालका लागी गाउँपालीकासंग भएको जनशक्ति पठाएको बताए ।

उक्त बिरामि मध्य कसैको अवस्था एकदमै नाजुक भएको र आफुहरु एम्बुलेन्स लिएर जाँदा बस्न नसक्ने अवस्था रहेको बताए । साथै उनले छिमेकी मुलुकमा कोरोनाको महामारी फैलिएको खबरले झनै त्यहाँका स्थानीयलाई त्रसित बनाएको बताएका छन् । साथै बिरामिहरु अतालिएको उनले बताए ।

उता सरकारमा खबर गर्दा भने चीनबाट उक्त स्थानको कोहीमान्छे नगएकाले आत्तिनु नर्पने बताएको उनको भनाई छ ।